Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमाले भ्रष्टाचारीको संरक्षणमा लाग्दैन : कर्ण थापा

एमाले भ्रष्टाचारीको संरक्षणमा लाग्दैन : कर्ण थापा

  • सोमवार, बैशाख २५ २०८०

  • 520
    SHARES

  • एमाले भ्रष्टाचारीको संरक्षणमा लाग्दैन : कर्ण थापा

    काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले एमाले भ्रष्टाचारीको संरक्षणमा नलाग्ने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै नेता थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीको प्रसंगमा यस्तो बताउनुभएको हो ।

    आरोप लाग्दैमा, हल्ला र प्रचार मात्र गर्दैमा दोषी प्रमाणित नहुने तर्क गर्दै उहाँले आफ्नो पार्टीमा अदालतबाट भ्रष्टाचारी प्रमाणित नेता–कार्यकर्ता नभएको पनि दावी गर्नुभएको छ ।

    उहाँले भन्नुभयो, ‘विधिको शासन, अध्ययन, अनुसन्धान र फैसला गर्ने अलगअलग निकाय छन् । एमाले कहिले पनि भ्रष्टाचारीको संरक्षणमा लाग्दैन । अदालतबाट भ्रष्टाचारी प्रमाणित व्यक्ति हाम्रो पार्टीमा छैनन् ।’

    यस्तै नेता थापाले क्यान्टोनमेन्टको अर्बौं घोटाला पनि छानबिनमा आउनुपर्ने बताउनुभयो । अर्को प्रसंगमा नेता थापाले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रघाती विधेयक भनेर प्रमाणीकरण नगरेको नागरिकता विधेयक फेरि अघि बढाउन खोज्नु आपत्तिजनक हुने बाउनुभयो


    सोमवार, बैशाख २५ २०८००८:५५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij