Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसमा भ्रष्टाचारीलाई कारबाही हुनुहुँदैन भन्ने कोही पनि छैन : गुरुराज घिमिरे

कांग्रेसमा भ्रष्टाचारीलाई कारबाही हुनुहुँदैन भन्ने कोही पनि छैन : गुरुराज घिमिरे

  • शनिवार, बैशाख ३० २०८०

  • 405
    SHARES

  • कांग्रेसमा भ्रष्टाचारीलाई कारबाही हुनुहुँदैन भन्ने कोही पनि छैन : गुरुराज घिमिरे
    काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन आफ्नो पार्टी कदापि नलाग्ने बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘कांग्रेसले भ्रष्टलाई न हिजो बचायो, न आज र भोलि नै बचाउँछ । प्रहरीको अनुसन्धानलाई पार्टीले पूर्ण सहयोग गर्छ । भ्रष्टाचार नियन्त्रण त हाम्रो सिद्धान्त नै हो । पार्टीले अब व्यवहारबाटै सिद्ध गर्नुपर्छ,।’ 
     
    कांग्रेसले प्रहरी अनुसन्धानमा रहेका पूर्वगृहमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाँडबारे पार्टीले उपयुक्त निर्णय लिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । घिमिरेले भन्नुभयो, ‘पदाधिकारी बैठकमा विगतमा भ्रष्टाचारको कारबाही भोगिरहेका नेताहरू निलम्बन नपरेको भन्ने एउटा तर्क आएको छ भने जनताको मनोविज्ञान फेरिएकाले निलम्बन गर्नुपर्ने अर्कोथरी तर्क आएको छ । यस सम्बन्धमा पार्टीले उपयुक्त निर्णय लिनेछ ।’
     
    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनु राष्ट्रघात भएको पनि घिमिरेले औंल्याउनुभयो । कांग्रेसमा भ्रष्टाचारीलाई कारबाही हुनुहुँदैन भन्ने पक्षमा कोही पनि नरहेको उहाँको जिकिर छ । उहाँले भन्नुभयो, ‘नेपालमा यस्ता लुकेका प्रकरण धेरै छन् । ती सबै फाइदल अब खोल्नुपर्छ ।’ भ्रष्टाचार विरोधी नागरिक आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहेको पनि उहाँले बताउनुभयो ।
     


    शनिवार, बैशाख ३० २०८०११:३९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij