Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण: अनुसन्धान प्रतिवेदन अध्ययन गर्न ८ सदस्यीय टोली गठन

नक्कली भुटानी शरणार्थी प्रकरण: अनुसन्धान प्रतिवेदन अध्ययन गर्न ८ सदस्यीय टोली गठन

  • आइतवार, जेठ ७ २०८०

  • 1.3K
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण: अनुसन्धान प्रतिवेदन अध्ययन गर्न ८ सदस्यीय टोली गठन
    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न सरकारी वकिलको कार्यालयले ८ सदस्यीय टोली गठन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि मुद्दा दर्ता गर्न ८ सदस्यीय टोली गठन गरिएको हो ।
     
    पक्राउ परेकामाथि ५५ दिन लामो अनुसन्धान गरेर तयारी पारेको प्रतिवेदन प्रहरीले आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । सहन्यायाधिवक्ता  अच्युतमणि न्यौपानेले आज प्रहरीले प्रतिवेदन बुझाएपछि मंगलबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिने जानकारी दिनुभयो ।
     
    सरकारी वकिलको कार्यालयले प्रतिवेदनमाथि २४ घण्टा अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ । पीडितहरूले दिएको बयानका आधारमा प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरू गरेको थियो । पक्राउ परेका १६ जनासहित विभिन्न व्यक्तिसँग लिएको बयान तथा सोधपुछका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको हो ।
     
    नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे,पूर्वसांसद आङटावा शेर्पा,नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ,भुटानी शरणार्थी नेता टेकनाथ  रिजाल,केशव दुलाल,सानु भण्डारी,टंक गुरूङ, सागर राई, सन्देश शर्मा,टोपबहादुरका छोरा सन्दीप,इन्द्रजित राई,खाँणका सहयोगी नरेन्द्र केसी,रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा छन् ।
     
    सोही प्रकरणमा मुछिएका नीरज राई र प्रतीक थापा हालसम्म फरार छन् । उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा हुन् भने नीरज पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई छोरा हुन् ।
     
    राई र थापाबाहेक यस प्रकरणमा जोडिएका अन्य व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेकाहरूले  ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको उनीहरूमाथि आरोप छ ।
     


    आइतवार, जेठ ७ २०८००५:०१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij