Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकाहरुको सम्पत्ति छानबिन गर्न अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई प्रहरीको पत्र

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकाहरुको सम्पत्ति छानबिन गर्न अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई प्रहरीको पत्र

  • सोमवार, जेठ ८ २०८०

  • 632
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकाहरुको सम्पत्ति छानबिन गर्न अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई प्रहरीको पत्र

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धानका लागि काठमाडौं प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पत्र पठाएको छ ।

    सार्वजनिक पद धारण गरेका बालकृष्ण खाँण, टोप बहादुर रायमाझी, इन्द्रजित राई, टेक नारायण पाण्डे लगायतका व्यक्तिहरुको भ्रष्टाचारको विषयमा थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले अख्तियारलाई पत्र पठाएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान बहादुर कार्कीका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले भ्रष्टाचार गरेको सम्बन्धमा थप छानबिनका लागि परिसरले अख्तियारलाई पत्र पठाएको हो ।

    त्यसैगरी सार्वजनिक पद धारण नगरेका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा लगायतका बिचौलियाहरूको हकमा अकुत सम्पत्तिमा छानबिनका लागि परिसरले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत पत्र पठाएको छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंले आफ्नो सीमित समय र अनुसन्धानको दायरा फराकिलो बनाउन नसकेको र कतिपय विषय आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेको भन्दै उनीहरुको सम्पत्तिको छानबिन तथा भ्रष्टाचारका सम्बन्धमा थप अनुसन्धानका लागि अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई गुहारेको हो ।


    सोमवार, जेठ ८ २०८००७:३१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij