Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओली हेडमास्टर मात्रै होइन‚ इन्जिनियर, आर्किटेक्ट हो’ : गोकुल बाँस्कोटा

ओली हेडमास्टर मात्रै होइन‚ इन्जिनियर, आर्किटेक्ट हो’ : गोकुल बाँस्कोटा

  • मंगलवार, जेठ ९ २०८०

  • 528
    SHARES

  • ओली हेडमास्टर मात्रै होइन‚ इन्जिनियर, आर्किटेक्ट हो’ : गोकुल बाँस्कोटा

    काठमाडौं। सत्तापक्षका सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई दिएको ’हेडमास्टर’ संज्ञा नपुगेको एमालेका सांसद गोकुल बाँस्कोटाले बताएउनु भएको छ।

    बाँस्कोटाले एमाले अध्यक्ष ओली विशिष्ट प्रतिभाको धनी भएको र उहाँबाट शिक्षा लिन सत्तापक्षका सांसदहरूलाई सुझाव दिनुभएको छ ।

    प्रतिनिधिसभामा एमालेका अध्यक्ष ओलीबाट शिक्षित हुनु भएकामा सत्तापक्षका सांसदहरूलाई बाँस्कोटाले बधाईसमेत दिनुभएको थियो ।
    ’हेडमास्टर भन्नुभयो, हामी आक्रोशित छैनौं । नेकपा (एमाले) लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्यायसहितको परिवर्तन, पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो ।

    त्यसैले तपाईंहरूले दिएको उपाधिले पुग्दैन, केपी ओली यो विश्वविद्यालयको भीसी हो, प्रोफेसर, डाक्टर हो‚ इन्जिनियर हो, आर्किटेक्ट हो सबै हो,’ उहाँले भन्न्ुभयो, ’तपाईंहरूले कम्तीमा सिक्न पाउनुभयो, बधाई छ ।’


    बाँस्कोटाले एमाले र अध्यक्ष ओलीबाट सामाजिक विकासको मान्यता ग्रहण गरेर सुल्टो बाटो हिँड्न सुझाव दिएका दिनुभयो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राम्रोसँग छलफल हुन नसकेको बाँस्कोटाको भनाइ थियो । सत्तापक्षका सांसदहरूमा तथ्यको खडेरी परेको पनि सांसद बाँस्कोटाको भनाइ थियो ।


    मंगलवार, जेठ ९ २०८००१:११:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij