Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी, शेर्पा र मियाँको बयान हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी, शेर्पा र मियाँको बयान हुँदै

  • बिहिवार, जेठ १८ २०८०

  • 1.1K
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी, शेर्पा र मियाँको बयान हुँदै
    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज तीन जनाको बयान भइरहेको छ ।
     
    जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङ्टावा शेर्पा र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँको बयान भइरहेको छ ।
     
    नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । 
     
    बुधबार प्रतिवादी गोविन्द चौधरी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी र रामशरण केसीको बयान भएको थियो । 
     
    यसअघि इन्द्रजित राई, सन्देश शर्मा, नरेन्द्र केसी, केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान भइसकेको छ ।
     
    नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १७ जना पक्राउ परेका छन् । उक्त प्रकरणका आरोपितमध्ये १३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।


    बिहिवार, जेठ १८ २०८००२:५३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij