Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस हुने

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस हुने

  • सोमवार, जेठ २२ २०८०

  • 608
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस हुने
    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सोमबार(आज) पनि थुनछेक बहस जारी रहने भएको छ । काठमाडौँ जिल्ला अदालतमा हिजोदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो । 
     
    न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । 
     
    सो थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सो पछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने छ ।


    सोमवार, जेठ २२ २०८००६:४६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij