Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्रीले बनाएको बजेटमा प्रचण्डलाई दोष दिनु गलत : पूर्व गभर्नर डा. क्षेत्री

अर्थमन्त्रीले बनाएको बजेटमा प्रचण्डलाई दोष दिनु गलत : पूर्व गभर्नर डा. क्षेत्री

  • बुधवार, जेठ २४ २०८०

  • 732
    SHARES

  • अर्थमन्त्रीले बनाएको बजेटमा प्रचण्डलाई दोष दिनु गलत : पूर्व गभर्नर डा. क्षेत्री

    काठमाडौं । नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले अर्थमन्त्रीले बनाएको बजेटमा प्रधानमन्त्रीलाई दोष दिनु उपयुक्त नहुने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै क्षेत्रीले अर्थमन्त्रीमा कांग्रेसका नेता भएकाले पुष्पकमल दाहाल प्रचण्डलाई दोष लगाउन नहुनेमा जोड दिनुभयो ।

    यस्तै बजेट निर्माणमा भइरहेको विवाद नकारात्मक चिन्तनको उपज भएको पनि उहाँको टिप्पणी रहेको छ । बजेट निर्माणमा अलिअलि केही आशंका हुन सक्ने तर यकिन नगरीकनै आक्षेप मात्र लगाउनु उचित नभएको स्पष्ट पार्नुभएको छ ।

    बजेटमा सेनेटेरी प्याडमा ५ प्रतिशत कर लगाउनु आन्तरिक उत्पादनका खपतलाई बढावा दिन ल्याएको डा. क्षेत्रीको तर्क रहेको छ ।

    भारतबाट आउने तरकारीमा भ्याट लगाउनु पनि सकारात्मक भएको बताउँदै उहााले सांसदहरुलाई पाँच करोड दिने कुरा भने विचारणीय रहेको औल्याउनुभयो ।


    बुधवार, जेठ २४ २०८००८:३७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij