Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मच्छिन्द्रसँग हिमालय शेर्पा पराजित

मच्छिन्द्रसँग हिमालय शेर्पा पराजित

  • बुधवार, जेठ २४ २०८०

  • 539
    SHARES

  • मच्छिन्द्रसँग हिमालय शेर्पा पराजित

    काठमाडौं । साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधवार हिमालयन शेर्पामाथि ३–१ को जित निकालेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबमाथि ३–१ को जित निकाल्दै चर्च ब्वाईजसँगको अग्रता छोट्याएको हो । जित हात पार्ने क्रममा मच्छिन्द्रले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै एक गोल खान पुगेको थियो । मच्छिन्द्रका लागि विमल घर्ती मगरले एक तथा आफिज ओलावालेले दुई गोल गरे । यस्तै हिमालयनका पिस्टोन मुटुम्बाले एक गोल सान्तोवना गोल फर्काएका थिए ।

    हिमालयन शेर्पामाथि सुरुवातबाट नै हाबी हुँदै खेलेको मच्छिन्द्रले २६ औं मिनेटमा विमलको गोलबाट अग्रता लिएको थियो । पुजन उपरकोटीको क्रसमा विमलले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए । खेलको ६८ औं मिनेटमा ओलावालेले गोल गर्दै मच्छिन्द्रको अग्रता २–० को बनाउँदा ७७ औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–० मा पु¥याएका थिए । ओलावालेको जारी लिगमा २० औं गोलपनि पूरा भएको छ ।

    हिमालयनका ओबयोमी फान्कुले पेनाल्टी क्षेत्रमा ओलावालेलाई फउल गर्दै लडाएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो । खेलको अन्तिम १० मिनेट दुवै टोली १० खेलाडीमा समेटिएका थिए । खेलको ८२ औं मिनेटमा मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । यस्तै ८५ औं मिनेटमा निशान लिम्बूले रातो कार्ड पाएपछि हिमालयन पनि १० खेलाडीमा समेटिएको थियो ।

    विपक्षी खेलाडीसँग झगडा गरेपछि उनलाई रातो कार्ड दिएर मैदान बाहिर पठाइएको थियो । त्यसपछि खेलको ९० औं मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत गोल गरेपनि मच्छिन्द्र ३–१ ले विजयी भयो । मच्छिन्द्रको यो ११ औं जित हो । जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ ।

    लिग अन्तर्गत बुधवार नै भएको अर्को खेलमा न्युरोड टिम ९एनआरटी०ले मनाङलाई १–० ले स्तब्ध बनायो । स्पष्ट जित निकाल्ने क्रममा एनआरटीका दिपेश आले मगरले १७ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । यससँगै एनआरटीले जारी सिजनमा आठौं जित निकाल्न सफल भएको छ । एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ । पराजित मनाङले २५ खेलमा ३२ अंक जोडेको छ ।

     


    बुधवार, जेठ २४ २०८००७:२९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij