Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतसँग दुई दशकमा नभएका सम्झौता प्रचण्डको भ्रमणमा भयो : विजयकान्त कर्ण

भारतसँग दुई दशकमा नभएका सम्झौता प्रचण्डको भ्रमणमा भयो : विजयकान्त कर्ण

  • शनिवार, जेठ २७ २०८०

  • 770
    SHARES

  • भारतसँग दुई दशकमा नभएका सम्झौता प्रचण्डको भ्रमणमा भयो : विजयकान्त कर्ण

    काठमाडौं । पूर्वराजदूत विजयकान्त कर्णले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा गरिएका सम्झौतालाई राष्ट्रघाती भन्नु उचित नहुने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णले एमालेका नेताहरुको बुद्धि बिग्रेर राष्ट्रघाती काम भनेको तर्क गर्नुभयो ।

    भ्रमणका क्रममा भएका सम्झौताहरुबारे स्मरण गराउँदै भारतसँग दुई दशकमा नभएका सम्झौता प्रचण्डले गरेको दाबी गर्नुभयो । प्रचण्डको यसपटकको भ्रमण अत्यन्त महत्वपूर्ण भएको बताउँदै उहाँले दुई दशकमा नभएका सम्झौता अहिले भएको दाबी गर्नुभयो ।

    एमाले नेता भीम रावलले राष्ट्रघाती भनेको प्रसंगमा कर्णले भीम राववले बिहान उठेदेखि साँझसम्मै भारतको विरोध गर्ने गरेको आरोप लगाउनुभयो ।

    कुतर्क मात्र गर्दै आएको बताउँदै रावलको भारतप्रतिको सोच नै गलत र अचम्मको रहेको टिप्पणी गर्नुभयो । बिहानदेखि साँझसम्म राष्ट्रवादको गीत गाएर बस्नेहरुबाटै नेपाल बर्बाद भएको समेत कर्णले आराप लगाउनुभयो ।


    शनिवार, जेठ २७ २०८००९:१५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij