Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण : जिल्ला अदालतमा सुरक्षा व्यवस्था कडा, प्रतिवादीका आफन्तलाई तेस्रो तलाबाट हटाइयो

नक्कली भुटानी शरणार्थी प्रकरण : जिल्ला अदालतमा सुरक्षा व्यवस्था कडा, प्रतिवादीका आफन्तलाई तेस्रो तलाबाट हटाइयो

  • शुक्रवार, आषाढ १ २०८०

  • 1.5K
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण : जिल्ला अदालतमा सुरक्षा व्यवस्था कडा, प्रतिवादीका आफन्तलाई तेस्रो तलाबाट हटाइयो
    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक आदेशको तयारी हुँदा जिल्ला अदालत काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
     
    जेठ २१ गतेदेखि सुरू भएको बहस शुक्रबार सकिएपछि आदेशको तयारी भएको हो ।
     
    आदेशको तयारी स्वरूप अदालतको तेस्रो तलामा रहेका प्रतिवादीका आफन्तसहित अन्य सेवाग्राहीलाई त्यहाँबाट हटाइएको छ ।
     
    शुक्रबार अन्य इजलासहरू सकिएर कर्मचारी तथा सेवाग्राही पनि बिदा हुन थालेपछि तेस्रो तला खाली गराइएको हो ।
     
    यस प्रकरणमा पक्राउ परेका १८ जनालाई थुनामै राखेर मुद्दाको अन्तिम किनारा लगाउने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने आदेश अदालतले गर्नेछ ।


    शुक्रवार, आषाढ १ २०८००४:०६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij