Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

के निर्णय गर्यो आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले ?

के निर्णय गर्यो आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले ?

  • आइतवार, आश्विन ११ २०७७

  • 1.6K
    SHARES

  • के निर्णय गर्यो आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले ?

    काठमाडौं । आज आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले केही निकायमा नियुक्ति गरेको छ । सामान्यतया बैठक सोमबार र बिहीबार बस्थ्यो । यद्यपि, प्रधानन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको थियो ।

    पार्टी (सत्तारुढ नेकपा)को सुझावअनुसार मन्त्रिपरिषद् हेरफेर गर्नुअघि ओलीले आज आकस्मिक बैठक राखेको चर्चा भएको थियो ।

    तर, मन्त्रिपरिषद्मा मन्त्रिपरिषद् फेरबदलबारे कुनै छलफल नभएको नै नभएको बालुवाटार उच्च स्रोतले जनाएको छ । 'केही निकायमा अत्यावश्यक नियुक्तिहरु भने भएका छन्’, स्रोतले भन्यो ।

    आजको मन्त्रिपरिषद् बैठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

    त्यस्तै, बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा गर्न इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई अख्यियारी दिएको छ ।

    मन्त्रिपरिषद् बैठकअघि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।


    आइतवार, आश्विन ११ २०७७०३:३२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij