Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको प्रधानमन्त्रीको दाबी

रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको प्रधानमन्त्रीको दाबी

  • शुक्रवार, आषाढ ८ २०८०

  • 513
    SHARES

  • रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको प्रधानमन्त्रीको दाबी

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गर्नुभएको छ। साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उहाँको दाबी छ ।

    संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गर्नुभएको थियो ।

    जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गर्नुभयो। ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उहाँले दाबी गर्नुभयो।

    साथै यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने भन्दै उहाँले भन्नुभयो, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’


    शुक्रवार, आषाढ ८ २०८०१२:१८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij