काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बजेटमा गठबन्धन दलहरुकै असमझदारीका कारण सरकार ढल्ने अवस्था आएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले सरकार आपसी अन्तरविरोधका कारण टिक्ने अवस्थामा नरहेको स्पष्ट पार्नुभयो ।
सरकार ढल्यो भने एमालेका कारण नभएर उनिहरु आफ्नै कमीकमजोरीका कारण हुने बताउँदै नेता ज्ञवालीले एमाले सरकार ढाल्ने भन्दा पनि पार्टी सुदृढ बनाउन लागिरहेको दाबी गर्नुभयो ।
यस्तै अर्को प्रसंगमा उहाँले समाजवादी मोर्चा एमालेलाई कमजोर पार्ने र केही समय टिकाउने सत्ता उद्देश्यले बने पनि त्यो पूरा नहुने ठोकुवा गर्नुभयो । उहाँले वामदेव गौतम र भीम रावललाई पार्टीमा आएर काम गर्न आह्वान समेत गर्नुभएको छ ।