Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गायक प्रकाश सपुतमाथी स्टेजमै बोतल प्रहार

गायक प्रकाश सपुतमाथी स्टेजमै बोतल प्रहार

  • सोमवार, आषाढ ११ २०८०

  • 791
    SHARES

  • गायक प्रकाश सपुतमाथी स्टेजमै बोतल प्रहार

    काठमाडौं । कार्यक्रमका लागि रोमानियामा रहेका लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि कार्यक्रम चलिरहदा स्टेजमै बियरको बोतल प्रहार भएको छ ।

    स्टेजमा आफ्नो प्रस्तुति दिइरहँदा उनीमाथि बोतल प्रहार गरिएको थियो । कार्यक्रममा उपस्थित एक दर्शकले खिचेको बोतल प्रहार गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

    गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए । हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको बताइएको छ ।

    सपुतले ‘बोल माया‘’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्‍याइएको थियो । सपुतले त्यसलाई छल्न भ्याएनन् । उनको निधारमा सामान्य चोट लागेको छ ।

    बोतल प्रहारपछि आधा घण्टाजति बिथोलिएको थियो ।


    सोमवार, आषाढ ११ २०८००१:२४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij