काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने बताउनुभएको छ ।
सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा उहाँले सत्तारुढ गठबन्धनका नेताहरु र प्रतिपक्षी दलसँग पनि भएको कुराकानीका आधारमा आफू गठबन्धन ५ वर्षसम्म टिक्ने कुरामा विश्वस्त रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण ऐतिहासिक नै भएको दाबी गर्नुभयो । नेपालमा धेरै राम्रो भएको नरुचाउने र नकारात्मक मानसिकता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफूले मानिसहरुले के भन्छन् भन्ने विषयमा ध्यान दिनै छाडेको बताउनुभयो ।
जनतालाई सेवा सुविधा दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकास निर्माणलाई गति दिने र अर्थतन्त्रमा देखिएको दबाब कम गर्ने कुरामा आफ्नो ध्यान रहेको उहाँको भनाइ छ ।