काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार (नेप्से)मा कारोबार हुने शेयरहरु धितो राखी सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ ।
५० लाख रुपैयाँ वा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशत्का दरले आकर्षक ब्याजदरमा उपलब्ध गराइने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दशैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशनभित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ ।’