Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मुस्लिम समुदायको हक अधिकारका निम्ति संविधान संशोधन अपरिहार्य छ : फर्मुल्लाह मन्सुर

मुस्लिम समुदायको हक अधिकारका निम्ति संविधान संशोधन अपरिहार्य छ : फर्मुल्लाह मन्सुर

  • बिहिवार, आषाढ १४ २०८०

  • 473
    SHARES

  • मुस्लिम समुदायको हक अधिकारका निम्ति संविधान संशोधन अपरिहार्य छ : फर्मुल्लाह मन्सुर

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले मुस्लिम समुदायको हक अधिकारका निम्ति संविधान संशोधन अपरिहार्य रहेको बताउनुभएको छ ।

    नयाँ संविधान बनेपछि राज्यको सबै अंगमा जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुने सुनिश्चितता गरिए पनि मधेस र लुम्बिनीबाहेकका प्रदेशमा मुस्लिम समुदायले समानुपातिक प्रतिनिधित्व नपाएको नेता मन्सुरको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले मुस्लिम समुदायको राजनीतिक, आर्थिक, सामाजिक अधिकार र प्रतिनिधित्वका लागि संविधानमा संशोधन गर्न आवश्यक रहेकोमा जोड दिनुभएको हो ।

    सहमहामन्त्री मन्सुरले शासन, प्रशासन र राजनीतिमा वर्षौंदेखि कब्जा जमाएको वर्गले मुस्लिमलगायत थारु, जनजाति र मधेसीलाई अधिकार दिनमा कन्जुस्याइँ गरेको आरोप समेत लगाउनुभएको छ ।


    बिहिवार, आषाढ १४ २०८०१०:२८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij