काठमाडौं । करेन्ट लागेर ज्यान गुमाएका सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको परिवारलाई बीमा कम्पनीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । वडाध्यक्ष तामाङको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको हाइटेन्सन लाइनमा करेन्ट लागेर एक साताअघि निधन भएको थियो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकका श्रीमती सीताकुमारी तामाङलाई मृत्यु दाबी रकम प्रदान गरेको बीमा कम्पनी सोलुखुम्बु शाखाका प्रबन्धक प्रकाश कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार मृतकले एक वर्षअघि मात्र १० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभको बीमा गरेकाले मृत्यु पश्चात हाल परिवारलाई २० लाख ७२ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो ।
उक्त रकमको चेक सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईले हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, जिल्ला समन्वय समितिका संयोजक वीरकुमार राई, उपसंयोजक धर्म वन, नेकपा सोलुका अध्यक्ष मानविर राईलगायतको उपस्थिती थियो ।
३९ वर्षिय तामाङ तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।