काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पार्नुभएको छ ।
संसद भवन बानेश्वरमा आइतबार सञ्चारकर्मीसँग सक्षिप्त कुरा गर्दै ओलीले कोशी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने स्पष्ट पार्नुभएको हो ।
कोशीको नामकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सवै भागेको तर एमाले नभाग्ने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले ललिता निवास प्रकरणका विषयमा भने राम्रोसँग बुझ्न नपाएको तर्क गर्नुभयो ।