Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गायक दुर्गेश थापाको नयाँ तीजको गीतले चर्चा पाउँदै

गायक दुर्गेश थापाको नयाँ तीजको गीतले चर्चा पाउँदै

  • आइतवार, आषाढ २१ २०७७

  • 1.0K
    SHARES

  • गायक दुर्गेश थापाको नयाँ तीजको गीतले चर्चा पाउँदै

    काठमाडौं – गायक दुर्गेश थापाको नयाँ तीजको गीत सार्वजनिक भएको छ । उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ‘बीचबीचमा २’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

    गतवर्ष दुर्गेशले ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा’ बोलको गीतमा सार्वजनिक गरेर वर्षभरि नै चर्चा कमाएका थिए । यसपटकको गीत भने केही फरक छ । यसपालीको तीज ‘माछो माछो भ्यागुतो’ भएको उनले गीतमा उल्लेख गरेका छन् । दुर्गेशले गीतमा कोरोना भाइरसको महामारीलाई पनि समेटेका छन् ।

    गीतमा दुर्गेश थापा, राम खत्री र राजन कार्कीका शब्द छन् भने स्वर र संगीत दुर्गेश थापाले दिएका छन् । गीतको भिडियोमा दुर्गेश थापा, जीवन सहनी क्षेत्री, जीबी चिरन, सारिका केसी, दिवासा बिसी, अस्मिता जुरेली, टिका जैसी, सविता राई, इनी विष्ट, शिल्पा खड्का लगायतले अभिनय गरेका छन् ।

    भिडियोको छायांकन अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । उक्त भिडियोको निर्देशन शिव विकले गरेका हुन् ।


    आइतवार, आषाढ २१ २०७७०२:५४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij