काठमाडौं । नेकपा एमालेका नेता केशव बडालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई थङ्थिलो बनाएको आरोप लगाउनुभएको छ ।
प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक दिल्ली धाएको भन्न लाज समेत नमानेर भन्नु तीन करोड नेपाली जनता र संसद्का २७५ माननीयप्रतिको अपमान भएको नेता बडालको तर्क रहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले प्रचण्ड भारत भ्रमणमा नागरिकता विधेयकको कपी लिएर गएको बताउँदै प्रचण्ड र देउवाले गठबन्धनका नाममा देशलाई थङ्थिलो बनाएको आरोप लगाउनुभएको हो ।
यस्तै नेता बडालले सात महिनासम्म संसदीय समितिको सभापति छान्न नसक्नु लाजमर्दो स्थिति रहेको पनि बताउनुभएको छ ।
यस्तै ललिता निवास प्रकरणमा बडालले निर्णय गर्ने उम्कने र कार्यान्वयन गर्नेमाथि लाठी चलाउन नमिल्ने बताउनुभएको छ ।