Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको राजीनामा आवश्यक छैन : दीपक खड्का

प्रधानमन्त्रीको राजीनामा आवश्यक छैन : दीपक खड्का

  • बिहिवार, आषाढ २१ २०८०

  • 901
    SHARES

  • प्रधानमन्त्रीको राजीनामा आवश्यक छैन : दीपक खड्का

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा आवश्यक नभएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताउनुभएको हो ।

    एमालेले के के भन्दै जान्छ, कांग्रेस त्यसको पछि लाग्ने पार्टी नभएको दाबी गर्दै नेता खड्काले प्रचण्डलाई गठबन्धन दलले प्रधानमन्त्री बनाएकाले गठबन्धनले राजीनामा नमागेको र अहिलेको आवश्यकता पनि नभएको स्पष्ट पर्नुभयो ।

    प्रधानमन्त्रीले कुन सन्दर्भमा र केका लागि त्यस्तो भन्नुभयो भन्नेबारे स्वयं प्रचण्डले नै जवाफ दिनुपर्ने बताउँदै नेपालको प्रधानमन्त्री दिल्लीले बनाउने भन्ने कुरा नहुने स्पष्ट पार्नुभएको छ ।


    बिहिवार, आषाढ २१ २०८००८:३१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij