काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री प्रचण्डको सरकारमा बस्ने नैतिक, राजनीतिक र संवैधानिक सबै आधार समाप्त भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि त्रमलासँग कुरा गर्दै नेता बर्तौलाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन एउटा व्यापारी पटकपटक दिल्ली धाएको भन्ने भाष्य मुलुकको सार्वभौमसत्ता र स्वाभिमानविरुद्ध रहेकाले यो राष्ट्रिय लज्जाबोधको विषय भएको र माफी गर्ने विषय नभएको बताउनुभयो ।
यस्तै प्रचण्डले देशको प्रधानमन्त्री चुनिने व्यवस्था र प्रक्रियाको धज्जी उडाएकाले अब नैतिक, राजनीतिक र संवैधानिक सबै आधार समाप्त भएको नेता बर्तौलाको आरोप रहेको छ ।
यस्तै उहाँले संसदीय दलको बैठकको निर्णय बमोजिम प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको पनि बताउनुभएको छ ।
एमालेको मात्र नभइ देशको विषय भएको र यसमा कांग्रेस चुप लागेर बस्न नहुने उहाँको तर्क रहेको छ । यस्तै प्रचण्ड नेतृत्वको सरकार मिटरब्याज पीडितलाई न्याय दिने पक्षमा नरहेको पनि बर्तौताको भनाइ रहेको छ ।