काठमाडौं । अब एउटा ई–कमर्श कम्पनीले ब्रान्डेड कपडा र श्रृंगारका सामान ग्राहकका घर–घरमा पुर्याउने भएको छ । श्रृंगार आइटी सर्भिस प्रालि, नक्सालले श्रृंगार डट कमको सुरुवात गर्दै ब्रान्डेड कस्मेटिक, श्रृंगार, पफ्र्युम, कपडा र जुत्ताहरुको होम डेलिभरी गर्ने गरेको हो ।
आफ्नो कम्पनीले ब्रान्डेड सामान मात्र होमडेलिभरी गर्ने जानकारी दिँदै मूल्यसमेत रिजनेबल राखिएको संस्थापक निल सारुले बताउनुभयो ।
‘लिपिस्टिकलगायत श्रृंगारका सामान नक्कली परेमा त्यसले मानव स्वास्थ्यमासमेत असर पर्छ । यो बुझेर धेरै महिला हाम्रो ग्राहक बन्नुभएको छ । हामी शतप्रतिशत् सक्कली सामान मात्र बेच्छौं’, उहाँले भन्नुभयो ।
आफ्नो कम्पनीले नेपालमै उत्पादित सामानहरुलाई प्रबद्धन गर्ने लक्ष्य राखेको उहाँको भनाइ छ ।
