Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आज दिल्ली र हैदरावाद भिड्दै, कति छ सन्दीपको सम्भावना ?

आज दिल्ली र हैदरावाद भिड्दै, कति छ सन्दीपको सम्भावना ?

  • मंगलवार, आश्विन १३ २०७७

  • 1.2K
    SHARES

  • आज दिल्ली र हैदरावाद भिड्दै, कति छ सन्दीपको सम्भावना ?

    काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।

    अबुधाबीमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्द दिल्ली र हैदरावाद तेस्रो खेलका लागि मैदान उत्रन लागेका हुन् ।

    दिल्ली र हैदरावादबीचको खेल नेपाली समयअनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ । खेलमा दिल्लीबाट नेपाली लेग स्पिनर लामिछानेले आजको खेल खेल्ने सम्भावना एकदम कम रहेको बताइएको छ ।

    यसअघिको टिमले नै उत्कृष्ट प्रदर्शन गरिरहेको अवस्थामा सन्दीपलाई मौका दिने सम्भावना न्यून रहेको विश्लेषकहरुले बताएका छन् ।

    शेख जायद स्टेडियममा मैदान उत्रँदा दिल्ली लगातार तेस्रो जितको खोजीमा हुनेछ भने हैदरावाद पहिलो जितको खोजीमा हुनेछ । हैदरावाद डेभिड वार्नरको कप्तानीमा मैदानमा उत्रिँदा दिल्लीको कमान श्रेयस ऐयरले सम्हाल्ने छन् ।

     


    मंगलवार, आश्विन १३ २०७७०६:३६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij