काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको मर्यादामा नरहेर पदिय हिसावले मात्रै प्रधानमन्त्री भएकाले राजीनामा माग गरेको बताउनुभएको छ ।
काम, दायित्व र कर्तव्य पुरा गर्न नसक्ने प्रधानमन्त्रीको आवश्यकता नरहेकाले एमाले प्रचण्डको राजीनामा माग गरेको स्पष्ट पार्नुभएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले विदेशीहरुको योजना र अरु शक्ति राष्ट्रहरुले नेपालको प्रधानमन्त्री बनाउछन्, नेपालको राजनीति चलाउँछन् भनेर स्वयम् प्रचण्डले नै भन्छन् भने त्यस्ता व्यक्ति प्रधानमन्त्री पदमा रहिरहन योग्य नरहेकाले राजीनामा दिनै पर्ने कुरामा जोड दिनुभयो ।
आफैमा विश्वास नभएका प्रधानमन्त्री के का लागि भन्ने प्रश्न गर्दै पदिय दायित्व पुरा नगर्ने व्यक्ती प्रधानमन्त्री नै हुन योग्य नरहेको नेता थापाले दोहो¥याउनुभयो ।
नेपालको स्वाभिमान गिराउने प्रचण्डले नैतिक आधारमा पनि राजीनामा दिनुपर्ने पनि नेता थापाको भनाइ छ । यस्तै अर्को फरक प्रसंगमा नेता थापाले एमाले र कांग्रेस मिलेर अगाडि बढ्दा नेपालको राजनीतिको लागि राम्रो हुने बताउनुभएको छ । देशको विकाश र जनताकोबारे सोच्ने हो भने अब मूख्य राजनीतिक शक्तीहरु मिल्न आवश्यक रहेको नेता थापाको तर्क रहेको छ ।