Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज पनि संसद् अवरुद्ध  गर्ने एमालेको संकेत, प्रमुख सचेतक गिरी भन्छन्—राजीनामाको मागबाट युटर्न भएका छैनौं

आज पनि संसद् अवरुद्ध  गर्ने एमालेको संकेत, प्रमुख सचेतक गिरी भन्छन्—राजीनामाको मागबाट युटर्न भएका छैनौं

  • सोमवार, आषाढ २५ २०८०

  • 570
    SHARES

  • आज पनि संसद् अवरुद्ध  गर्ने एमालेको संकेत, प्रमुख सचेतक गिरी भन्छन्—राजीनामाको मागबाट युटर्न भएका छैनौं
    काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सिंहदरबारमा भएको सहमति नयाँ वानेश्वर पुगेर नतोडेको दाबी गर्नुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि  धमलासँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले  भन्नुभयो, ‘असार १८ मा गैरजिम्मेवार अभिव्यक्ति दिएको रियलाइज गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलको नेता केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको हो । हामीले सदनभित्र बोल्न चाहनुहुन्छ भने समस्या होइन, संसद् चल्न दिन्छौं भन्यौं । उहाँले पनि मेरो कुरामा संसद् कन्भेन्सन भयो भने ठिकै छ, भएन भने तपाईँहरूले जे गर्ने हो, त्यो त छँदै छ भन्नुभयो । तर त्यसमा प्रधानमन्त्री कार्यालयबाट जारी गरेको विज्ञप्तिमा मिटरब्याज पीडितसम्बन्धी अध्यादेश प्रमुख प्रतिपक्षका कारण अघि बढाउन नसकिएको विषय पनि समेट्नुपर्छ भन्दा प्रचण्डजीले उत्तर–दक्षिण वा कसलाई सोध्नुपर्ने बाध्यता आइलाग्यो, म बुझ्दिनँ,।’ 
     
    ‘प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जारी गरेको वक्तव्य नेकपा (माओवादी केन्द्र) को जनसंगठनको जस्तो भएको आरोप पनि गिरीले लगाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको कार्यालयले पार्टीको जनसंगठनको जस्तो प्रेस नोट मिल्दैन । आम जनतामा भ्रम पार्ने काम गर्न पाइँदैन । अध्यादेश आएको ६० दिनसम्म गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री प्रचण्ड के हेरेर बस्नुभएको थियो ? अहिले पानीमाथिको ओभानो हुने ?’
     
    मिटरब्याज पीडितबारे संसद्भित्र नेकपा एमालेका दर्जनौं सांसदले आवाज उठाएको पनि प्रमुख सचेतक गिरीले बताउनुभयो । नेकपा एमाले प्रधानमन्त्रीको राजीनामाको मागबाट युटर्न नभएको पनि उहाँले बताउनुभयो । 
     


    सोमवार, आषाढ २५ २०८००९:१९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij