काठमाडौं । पछिल्लो केही दिनदेखि भारतका विभिन्न राज्यमा भारी वर्षा भइरहेको छ । उत्तराखण्डसहित पाँच राज्यमा भइरहेको भारी वर्षाका कारण पछिल्लो चार दिनमा मात्रै एक सय बढीको ज्यान गएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार उत्तराखण्ड, दिल्ली, यूपी, पंजाब तथा हरियाणामा लगातार ठूलो वर्षा हुँदा सय बढीको ज्यान गएको हो ।
८ जुलाईबाट अहिलेसम्म हिमाचल प्रदेशमा ३६, यूपीमा ३४, जम्मू—कश्मीरमा १५, उत्तराखण्डमा ९, दिल्लीमा ५ र राजस्थान, महाराष्ट्र तथा हरियाणामा एक(एक जनाको ज्यान गएको दैनिक भास्करले जनाएको छ ।