काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफल बनाउन उहाँकी धर्मपत्नी सीता दाहालको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका गुरुङले तीसको दशकमा प्रचण्डसँगको वैवाहिक जीवनमा जोडिएपछि सीता दाहालको पार्टी निर्माण र पार्टी हेडक्वार्टर सञ्चालनमा सकारात्मक भूमिका रहेको स्पष्ट पार्दै प्रचण्डलाई सफल बनाउन सीताको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
सीताको निधनले माओवादी आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको पनि गुरुङको भनाइ छ । स्वर्गीय सीताले देश र जनता अनि कम्युनिस्ट आन्दोलनलाई क्षति पुग्ने काम नगरेको पनि नेता गुरुङको दाबी रहेको छ ।
सीता दाहालमा जसरी पनि पदीय जिम्मेवारी लिने इच्छा, आकांक्षा नभएको पनि बताउँदै उहाँ सधैंै पार्टी एकताको पक्षमा उभिएको तर्क गर्नुभयो ।