Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

  • शुक्रवार, आषाढ २९ २०८०

  • 284
    SHARES

  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

    काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्नु भएको छ ।

    विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुग्नु भएकोहो ।
    उहाँले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

    त्यसपछि उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ भने नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम छ ।

    उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । तर भेटमा अन्य कुनै पनि राजनीतिक र कूटनीतिक विषयमा छलफल नहुने र प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त गर्ने कार्यक्रम मात्रै रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


    शुक्रवार, आषाढ २९ २०८०१२:३८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij