Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आगामी निर्वाचनसम्म राष्ट्रको जिम्मेवारी लिन सकिने स्थिति बनाउन लागिपरेका छौँ : चक्रपाणि खनाल

आगामी निर्वाचनसम्म राष्ट्रको जिम्मेवारी लिन सकिने स्थिति बनाउन लागिपरेका छौँ : चक्रपाणि खनाल

  • आइतवार, आषाढ ३१ २०८०

  • 572
    SHARES

  • आगामी निर्वाचनसम्म राष्ट्रको जिम्मेवारी लिन सकिने स्थिति बनाउन लागिपरेका छौँ : चक्रपाणि खनाल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले आगामी निर्वाचनसम्म दह्रो मोर्चा बनाएर राष्ट्रको जिम्मेवारी लिन सकिने स्थिति बनाउन लागिपरेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका खनालले सम्भव भएका दलहरुसँग पार्टी एकता गर्ने र सम्भव नभएका दलहरुसँग दह्रो मोर्चा बनाएर आगामी निर्वाचनमा राष्ट्रको जिम्मेवारी लिन सकिने स्थिति बनाउन आफ्नो पार्टी लागेको बताउनुभएको हो ।

    यस्तै अर्को प्रसंगमा उहाँले रास्वपाका सभापति रवि लामिछानेलाई पुष्पकमल दाहाल प्रचण्डपछि प्रधानमन्त्री बनाउने प्रस्ताव आफ्नो पार्टीले नगरेको स्पष्ट पार्नुभएको छ ।

    सुरुमा सरकारलाई समर्थन दिएर फिर्ता लिएको रास्वपाले अहिले पनि समर्थन गरेमा राम्रो हुने बताउँनै नेता खनालले तुरुन्तै रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने सम्भावना नभएको बताउनुभएको छ ।

    यस्तै, खनालले राजनीतिक मुद्दा र झगडाको विषय नबनाईकन मिटरब्याज विधेयक तत्काल पारित गर्नु जरुरी भएको समेत स्पष्ट पार्नुभएको छ ।
    पूर्व कृषिमन्त्री समेत रहनुभएका खनालले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने विषयमा छलफल चलिरहेको बताउनुभएको छ ।

    भारत र कोरियासँग जर्मन प्रविधिमा मल कारखाना स्थापना गर्न नेपालमै सम्भव छ छैन भन्नेबारे छलफल भइरहेको र सरकारले कृषिको उत्थानमा कन्जुस्याइँ नगरेको उहाँको भनाइ छ ।


    आइतवार, आषाढ ३१ २०८००८:४५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij