काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले आफ्नो पार्टी अलोकप्रिय भएको भन्ने प्रचार भ्रमपूर्ण भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले आफ्नो पार्टी अलोकप्रिय र सदस्य घटेको भनेर गरिएका प्रचारहरु भ्रमपूर्ण भएको स्पष्ट पार्दै उहाँले एमालेका सदस्य माओवादीमा लागेको कुरा पनि सत्य नभएको दाबी गर्नुभएको छ ।
नेकपा एसले एमालेबाटै सदस्यहरु लिएको भए पनि माओवादीमा भने आफ्नो पार्टीका सदस्य एकजना पनि नगएको नेता रिजालले दोहो¥याउनुभयो ।
आफूहरु अहिले पार्टीलाई अनुशासित र बलियो बनाउनतर्फ लागिपरेको पनि नेता रिजालले बताउनुभयो ।
अब रास्वपा, नागरिक उन्मुक्ति पार्टी, जनमत, राप्रपाको चुनौती सामना गर्दै बलियो पार्टी बनाउने अभियानमा एमाले लागेको पनि रिजालको भनाइ छ ।