Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मतदाता हाम्रा सिसि क्यामेरा हुन् : नगरपालिका संघका अध्यक्ष भिम ढुंगाना

मतदाता हाम्रा सिसि क्यामेरा हुन् : नगरपालिका संघका अध्यक्ष भिम ढुंगाना

  • मंगलवार, श्रावण २ २०८०

  • 472
    SHARES

  • मतदाता हाम्रा सिसि क्यामेरा हुन् : नगरपालिका संघका अध्यक्ष भिम ढुंगाना

    काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुंगानाले मतदातालाई जनप्रतिनिधिहरुको सिसि क्यामेराको संज्ञा दिनु भएको छ । जनप्रतिनिधिहरु सधैँ जनताको निगरानीमा रहने भएकाले उनीहरु जनताकै लागि काम गर्न प्रयत्नशिल रहने गरेको उहाँको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको ‘पालिका बहस’ मा पत्रकार ऋषि धमलासंग कुरा गर्दै उहाँले जनप्रतिनिधिलाई खवरदारी गर्ने, सुझाव दिने र सहयोग गर्ने जिम्मेवारी मतदाता कै रहेको बताउनुभएकोे छ । देशको कुल बजेटको पाँच प्रतिशत मात्रै स्थानीय तहले पाउने जानकारी दिदै उहाँले त्यति बजेटले जनताको आकांक्षा र आवश्यकता पुरा गर्न नसकिएको स्पष्ट पार्नुभयो ।

    जनताका आकांक्षा र आवश्यकता धेरै र श्रोत साधन भने निकै कम भएका कारण तालमेल मिलाउन धेरै चुनौतीपूर्ण रहेको तर्क गर्नुभभएको छ । देशभरका २९३ नगरपालिकाहरुको छाता संगठन भएकाले संघले तीनै स्थानीय सरकारका अधिकार कार्यान्वयन गराउन समन्वयकारी र नेतृत्वदायी भूमिका खेल्दै आएको उहाँले बताउनु भयो ।

    स्थानीय सरकार, जनता र जनप्रतिनिधिहरुको अधिकार र जिम्मेवारीका बारेमा सचेतना फैलाउने, त्यसका बारेमा पैरवी गर्ने र उनीहरुको क्षमता विकास गराउने काम पनि संघले गर्दै आएको अध्यक्ष ढुंगानाको दावी छ । संघले अन्यपूर्ण तरिकाले जनप्रतिहिरुमाथी लगाइएको जरिवाना मिनाह गराएको, रोकिएको बजेट फुकुवा गराएको लगायतका धेरै कामहरु गरेको पनि उहाँले जानकारी दिनुभयो ।

    देशभर अहिले पनि २०० भन्दा बढी स्थानीय सरकारमा प्रमुख कार्यकारी अधिकृत नभएकाले तत्काल त्यसको व्यवस्था गरिदिन पनि उहाँले संघीय सरकारसँग माग गर्नुभयो ।

    जनप्रतिनिधिले पनि केही गर्छु भनेर आएका हुन भन्दै उहाँले जनप्रतिनिधिहरुसँग मिलेर काम गर्न स्थानीय सरकारका कर्मचारीहरुलाई आग्रह गर्नुभयो । धादिङ्को निलकण्ठ नगरपालिकाका मेयर समेत रहनु भएका ढुंगानाले उद्यमशिलताका लागि नगरपालिकाले धेरै काम गरेको जानकारी दिनुभयो ।


    मंगलवार, श्रावण २ २०८०१०:३२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij