Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वर्तमान गठबन्धनले देश विकाशका लागि केहि गर्न सकेन, स्वार्थकेन्द्रित बन्योः पद्मा अर्याल

वर्तमान गठबन्धनले देश विकाशका लागि केहि गर्न सकेन, स्वार्थकेन्द्रित बन्योः पद्मा अर्याल

  • बुधवार, श्रावण ३ २०८०

  • 411
    SHARES

  • वर्तमान गठबन्धनले देश विकाशका लागि केहि गर्न सकेन, स्वार्थकेन्द्रित बन्योः पद्मा अर्याल

    काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले वर्तमान गठबन्धनले देश विकाशका लागि केहि पनि गर्न नसकेको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएकी अर्यालले अहिलेको स्वार्थ केन्द्रित गठबन्धनले देश र जनताको पक्षमा यो ग¥यो भन्ने केहि पनि नदेखिएको स्पष्ट पार्नुभयो ।

    आफ्नो स्वार्थका लागि निती, नियम र विधीको वेवास्ता गरेर लापरबाहि ढंगले सत्ता सञ्चालन गरिरहेको गठबन्धनका कारण देश विकाशमा बाधा पुगेको बताउनुभयो ।

    यस्तै अर्यालले राज्य सञ्चालकलाई जवाफदेहि बनाउन र सहि मार्गमा हिडाउँनका लागि जनता र प्रतिपक्षले शशक्तरुपमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । एमालेले यो विषयमा जिम्मेवारी र गम्भिरतापूर्वक आफ्नो जवाफदेहिताका साथ कुरा उठाएको समेत उहाँको दाबी छ ।

    अर्को प्रसंगमा सचिव अर्यालले आफ्नो पार्टीमा नयाँ सदस्यता आवेदन फारम भर्नेको आकर्षण बढेको दाबी गर्नुभएको छ । केहिको मृत्यु भएको केहि विदेशीएको भएको कारण पुराना केहि घटे पनि नयाँमा भने आकर्षण बढेको दाबी गर्नुभएको हो ।


    बुधवार, श्रावण ३ २०८००७:३५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij