Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संघीयताले मूलुकलाई भलो गर्न सक्‍दैन : ध्रुवबहादुर प्रधान

संघीयताले मूलुकलाई भलो गर्न सक्‍दैन : ध्रुवबहादुर प्रधान

  • बिहिवार, श्रावण ४ २०८०

  • 516
    SHARES

  • संघीयताले मूलुकलाई भलो गर्न सक्‍दैन : ध्रुवबहादुर प्रधान

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष धु्रवबहादुर प्रधानले संघीयताले मूलुकलाई भलो गर्न नसक्ने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका प्रधानले आर्थिकरुपमा टेक्न नसक्ने र अन्ततः भार जनतामा नै पर्ने भएकाले संघीयता खारेजी हुनुपर्ने बताउनुभयो ।

    यस्तै अर्को प्रसंगमा प्रधानले नेपालको स्थायित्व र पहिचानका लागि जस्ले देश बनायो त्यहि संस्थालाई संविधानमा उल्लेख नगरेर विभेदकारी कार्य भएको बताउनुभएको छ ।

    हिन्दु राष्ट्र नेपालको प्राण रहेको बताउँदै यो रहेमात्रै नेपालको स्थायित्व रहन्छ भन्ने हरेक नेपालीलाई महसुस भएको समेत उहाँले दाबी गर्नुभएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको प्रसंगमा प्रधानले भन्सार नतिरीकन एक क्विन्टल सुन बाहिरिनु चिन्ताजनक भएको बताउनुभएको छ ।

    त्यति धेरै परिमाणको सुन भन्सार नतिरीकन कसरी बाहिर निस्कियो भन्ने कुरा महत्त्वपूर्ण रहेकाले भन्सारमा कहीँ न कहीँ त्रुटि छ भन्ने बुझ्नुपर्ने तर्क गर्नुभयो । यस्ता सुन तस्करीमा निकै सम्पत्तिवाला र छोटो समयमा धनाढ्य हुन चाहने व्यक्तिहरु लाग्ने गरेको उहाँको भनाइ छ ।

    यस्तै, प्रधानले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध राम्रो कामको सुरुवात गरेको र त्यसमा आफ्नो समर्थन रहेको पनि बताउनुभयो ।


    बिहिवार, श्रावण ४ २०८००७:५७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij