जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकार नभएकाले काम गरेको नदेखिएको समितिका पदाधिकारीहरुले बताएका छन् ।
जिल्ला समन्वय समिति महासंघका अध्यक्ष राजन मेहताले जिससहरु आफै काम गर्नेभन्दा पनि समन्वय गर्ने निकाय भएकाले काम देखिएको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कले सुरु गरेको पालिका वहसमा उहाँले भन्नुभयो, “समितिको काम छैन भन्छन्, तर कामै नदिएको समितिले कसरी काम देखाउन सक्छ त ?” उहाँले समितिको तर्फबाट जिल्लाका सबै पालिकाहरुलाई समन्वय गर्ने, अनुगमन गर्ने, विवादहरु मिलाइदिने, बाटो देखाउने, सुझाव दिने जस्ता जिम्मेवारी दिइएको र त्यो काम सबै जिल्लाका समितिहरुले गरिरहेको बताउनु भयो ।
पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले समितिको सिफारिस र अनुगमन प्रतिवेदनलाई सम्वन्धीत निकायहरुले कार्यान्वयन नगरेको आरोप लगाउनु भयो । उहाँले जिससलाई पनि अलि कडा र कठोर कार्यकारी भूमिकाको आवश्यकता रहेकोमा जोड दिनुभयो ।