Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा सुन तस्करी कहिले पनि रोकिदैँन : पूर्व डिआईजी मल्ल

नेपालमा सुन तस्करी कहिले पनि रोकिदैँन : पूर्व डिआईजी मल्ल

  • शुक्रवार, श्रावण ५ २०८०

  • 565
    SHARES

  • नेपालमा सुन तस्करी कहिले पनि रोकिदैँन : पूर्व डिआईजी मल्ल

    काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त बहादुर मल्लले नेपालमा सुन तस्करी कहिले पनि नरोकिने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डिआइजी मल्लले ल्याउने, लुकाउने तरिकाहरु परिवर्तन भइरहने भएका कारण भइरहेको यो तस्करी नरोकिने बताउनुभएको हो ।

    यसमा सरकारले गम्भिरतापूर्वक नियन्त्रणका उपयाहरु अपनाउने हो भने केहि कमी गर्न भने सकिने बताउँदै उहाँले सरकार यो विषयमा गम्भिर नबनेको तर्क गर्नुभयो ।

    नेपालमा सुन तस्करमा राजनीतिको संलग्नता रहेको डिआइजी मल्लले स्पष्टिकरण दिनुभयो । ३३ किलो सुन प्रकरणमा छानबिन समितीले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरिनुले पनि यस्ता प्रकरणमा राजनीतिको संलग्नता रहेको प्रश्न र पुष्टि गर्ने उहाँको भनाइ रहेको छ ।

    झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । एक–एक जना भारतीय र चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका हुन् । राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा कार्गाे र कुरियर सेवा दिने कम्पनीका सञ्चालक पनि छन् ।

    विभागका महानिर्देशक नवराज ढुङ्गानाले जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो ।

    पक्राउ परेका कार्गाे तथा कुरियर सेवा दिने कम्पनीका तीन जना सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन ।अवैध सुन प्रकरणमा पक्राउ परेका १० जनामध्ये छ जनालाई उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले अस्ति बुधवार राति हङकङबाट ल्याइएको झण्डै एक सय किलो सुन सिनामङ्गलमा बरामद गरेको थियो ।

     


    शुक्रवार, श्रावण ५ २०८००८:०५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij