काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले केन्द्रीय समिति बैठकमा एजेण्डा मै छलफल भइरहेको बताउनुभएको छ । अस्तिदेखि जारी बैठकमा केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् उक्त बैठक सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रशारण पनि भइरहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सहमहामन्त्री मन्सुरले जारी बैठकमा समसामयिक विषयबस्तु र एजेण्डा मै छलफल भइरहेको बताउनुभएको हो ।
यस्तै उहाँले कांग्रेसको विधानमा वरिष्ठ नेताको पद नै नरहेको स्पष्ट पार्नुभएको छ । गोपालमान श्रेष्ठलाई सभापति शेर बहादुर देउवाले वरिष्ठ नेता चुन्ने हल्ला आइरहेका बेला सहमहामन्त्री मन्सुरले यस्तो बताउनुभएको हो ।
विधान अनुसार यो पद नभए पनि सभापतिले भन्दिए पछि आफूहरुलाई कुनै आपत्ती नभएको पनि सहमहामन्त्री मन्सुरले बताउनुभयो र
यस्तै, बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीका शीर्ष नेताहरूले नै गुटको नेतृत्व गर्दा पार्टी विभाजित बनेको भन्दै आपत्ति जनाइरहेका छन् ।
बैठकको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण भइरहेकोमा भने केन्द्रीय सदस्यहरूले नेतृत्वको प्रशंसा गर्दै आएका छन् । बैठक आज सम्पन्न गर्ने तयारी रहेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।