Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कम्बोडियाका प्रधानमन्त्रीसँग एमाले अध्यक्ष ओलीको भेटवार्ता, यस्तो छ अन्य भ्रमण कार्यक्रम

कम्बोडियाका प्रधानमन्त्रीसँग एमाले अध्यक्ष ओलीको भेटवार्ता, यस्तो छ अन्य भ्रमण कार्यक्रम

  • शनिवार, श्रावण ६ २०८०

  • 686
    SHARES

  • कम्बोडियाका प्रधानमन्त्रीसँग एमाले अध्यक्ष ओलीको भेटवार्ता, यस्तो छ अन्य भ्रमण कार्यक्रम

    काठमाडौं । कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि औपचारिक भ्रमण रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ ।

    राजधानी नोम्पेनमा आज बिहान प्रधानमन्त्री हुन सेनसँग भेट भएको ओलीको निजी सचिवालयले जनाएको छ । ओलीसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् ।

    त्यसमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरू समेत छन् । नेपालबाट एमाले अध्यक्ष ओलीको नेतृत्वमा एउटा टोली कम्बोडिया पुगेको हो । ओलीसँग कम्बोडियाका विदेशमन्त्रीको पनि भेटवार्ता भएको छ ।

    ओलीलाई विमानस्थलमा त्यहाँका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए । विमानस्थलमै ओलीको पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी,नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग पनि शिष्टाचार भएको सचिवालयले जनाएको छ ।

    आजै ओलीले त्यहाँको निर्वाचन आयोगसँग छलफल गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनुअघि ओलीले शान्ति र लोकतन्त्रको लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको अ‍ोलीसँगै रहेका एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभएको छ।

    कम्बोडियामा हुन गइरहेको निर्वाचनमा १८ वटा दलले भाग लिएका छन् । विभिन्न ६५ देशका ३३५ जना पर्यवेक्षकहरू अहिले नोम्पेनमा छन् ।


    शनिवार, श्रावण ६ २०८००२:४८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij