Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मौद्रिक नीति सोचेजस्तो नआएको पूर्वगभर्नरको टिप्पणी, ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न मुस्किल

मौद्रिक नीति सोचेजस्तो नआएको पूर्वगभर्नरको टिप्पणी, ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न मुस्किल

  • सोमवार, श्रावण ८ २०८०

  • 477
    SHARES

  • मौद्रिक नीति सोचेजस्तो नआएको पूर्वगभर्नरको टिप्पणी, ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न मुस्किल
    काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले हिजो आएको मौद्रिक नीतिबाट ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न मुस्किल हुने औंल्याउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘मौद्रिक नीति वित्तीय स्थायित्व र अर्थतन्त्र चलायमान हुने हिसाबले आएको छ । तर यसबाट ६ प्रतिशत आर्थिक वृद्धि गर्ने गाह्रो गाह्रै होला । किनभने मौद्रिक नीति कसिलो आयो । ब्याजदर घटेको छैन, पुनर्कर्जामा कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकको ध्यान देशको ढुकुटी नसिद्धियोस्, भोलि अप्ठ्यारो नहोस् भन्ने नै हुन्छ।’ 
     
    डा. नेपालले मौद्रिक नीति उद्योगी व्यवसायीले सोचेजस्तो नआएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘केन्द्रीय बैंकको दृष्टिकोण नै ढुकुटी कसरी सुरक्षित राख्ने भन्ने हुन्छ । तर उद्योग व्यवसायीले ब्याजदरलाई मात्र हेरे । छिटै नाफा कमाउन सस्तो ब्याजमा ऋण पाएनन् । अलिकति बढी ब्याजमा लिएर राम्रो ठाउँमा लगानी गरे भइहाल्यो नि ।’
     
    रेमिट्यान्स, विदेशी सञ्चिति, बैंकमा पैसा हुँदा अर्थतन्त्रमा सहजता रहेकाले खुकुलो मौद्रिक नीति लिएको भए पनि हुने अवस्था रहेको डा. नेपालले बताउनुभयो । ब्याजदर बिस्तारै घट्ने उहाँको आकलन छ । 


    सोमवार, श्रावण ८ २०८०१०:१९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij