Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देउवाको गृहजिल्लामा माओवादीका पालिका अध्यक्षको उत्कृष्ट कार्यसम्पादन

देउवाको गृहजिल्लामा माओवादीका पालिका अध्यक्षको उत्कृष्ट कार्यसम्पादन

कुनै खोट भए उजुरी गर्न अध्यक्ष भट्टको आह्वान
  • मंगलवार, श्रावण ९ २०८०

  • 511
    SHARES

  • देउवाको गृहजिल्लामा माओवादीका पालिका अध्यक्षको उत्कृष्ट कार्यसम्पादन

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा माओवादीका पालिका अध्यक्ष उत्कृष्ट घोषित भएका छन् ।

    माओवादीको जिल्ला इन्चार्ज समेत रहेका अजयमेरु गाउँपालिकाको अध्यक्षमा निर्वाचित उमेश भट्टको कार्यसम्पादन उत्कृष्ट घोषित भएको हो । स्वास्थ्य मन्त्रालय र वित्तिय अनुशासन आयोगलगायतका निकायहरुले आफ्नो पालिकालाई उत्कृष्ट घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कले सुरु गरेको पालिका बहसमा उनले आफ्नो कार्यकालमा कुनै पनि उजुरी, आन्दोलन वा धर्ना कसैले गर्न नपरेकोले पनि अजयमेरु गाउँपालिकामा जनतामैत्री र सुशासनपूर्ण कार्यसम्पादन भइरहेको पुष्टि भएको तर्क गरे ।

    उहाँले भन्नुभयो, “अहिले जनता धेरै सजग भएका छन्, उनीहरुलाई चित्त बुझेन भने उजुरी गर्नदेखि आन्दोलन गर्नसम्म कसैले रोक्न सक्दैन, तर हाम्रो गाउँपालिकामा अहिलेसम्म कुनै उजुरी, धर्ना, ज्ञापनपत्र, आन्दोलन केही भएको छैन ।”

    अध्यक्ष भट्टले गाउँपालिकाको कामका बारेमा कसैलाइ चित्त बुझेको छैन वा कमजोरी भएको भए उजुरी गर्न पनि आह्वान गर्नुभयो । पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले देशका धेरै पालिकाहरुको बारेमा अख्तियारमा धेरै उजुरी परेपनि अजयमेरु गाउँपालिकाको बारेमा भने अहिलेसम्म एउटा पनि उजुरी नपरेको दावी गनुभयो ।

    उहाँले सुशासनका लागि सुत्र प्रणाली लागू गर्ने देशकै पहिलो गाउँपालिका भएको जानकारी दिदैँ कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा धेरै नमुना कामहरु गरेको विवरण पनि सुनाउनुभयो ।


    मंगलवार, श्रावण ९ २०८००९:२०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij