Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालकृष्ण खाँडलाई निलम्बन नगर्दा पार्टीलाई दीर्घकालीन प्रभाव पर्छ : अजयबाबु शिवाकोटी

बालकृष्ण खाँडलाई निलम्बन नगर्दा पार्टीलाई दीर्घकालीन प्रभाव पर्छ : अजयबाबु शिवाकोटी

  • मंगलवार, श्रावण ९ २०८०

  • 586
    SHARES

  • बालकृष्ण खाँडलाई निलम्बन नगर्दा पार्टीलाई दीर्घकालीन प्रभाव पर्छ : अजयबाबु शिवाकोटी

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई निलम्बन नगर्दा पार्टीलाई दीर्घकालीन प्रभाव पार्ने बताउनुभएको छ ।

    जारी केन्द्रीय समिति बैठकमा शरणार्थी प्रकरणलाई बहुमत र अल्पमतको हिसाबले हेरिएको र यसले पार्टीलाई कति दीर्घकालीन प्रभाव पार्न सक्छ भनेर नेताहरु गम्भीर नभएको उहाँको भनाइ छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शिवाकोटीले निलम्बन भनेको कारबाही नभएकाले निर्दोष देखिए स्वतः फिर्ता भइहाल्ने स्पष्ट पार्नुभएको छ ।

    कुनै नेता फौजदारी अभियोग लागेर पक्राउ परेको र जेल गएको अवस्थामा पनि पार्टी, संस्था र नैतिकतालाई पर राखेर हेर्नु कमजोरी रहेको नेता शिवाकोटीको भनाइ छ ।

    शरणार्थी प्रकरणमा पार्टीको साझा धारणा बन्न नसकेको र धेरै केन्द्रीय सदस्यले व्यक्तिको नाम नलिईकन बचाउ गरिरहेको उहाँको दाबी छ ।

    यस्तै अर्को प्रसंगमा नेता शिवाकोटीले केन्द्रीय समिति बैठकमा गगन थापा समूह कमजोर हुनु स्वाभाविक भएको पनि बताउनुभयो ।

    आम जनताले कांग्रेस संसदीय दलको नेता परिवर्तन गर्नुपर्छ भन्ने लागे पनि पार्टी केन्द्रीय समितिका सदस्यहरुलाई नलागेको हुन सक्ने उहाँको भनाइ छ ।


    मंगलवार, श्रावण ९ २०८००९:४२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij