Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नारायणकाजीजस्तो पाखण्डी, नैतिकहराम मान्छे गृहप्रशासनमा अहिलेसम्म देखिन : सूर्य थापा

नारायणकाजीजस्तो पाखण्डी, नैतिकहराम मान्छे गृहप्रशासनमा अहिलेसम्म देखिन : सूर्य थापा

  • बिहिवार, श्रावण ११ २०८०

  • 901
    SHARES

  • नारायणकाजीजस्तो पाखण्डी, नैतिकहराम मान्छे गृहप्रशासनमा अहिलेसम्म देखिन :  सूर्य थापा

    काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई कारबाही गरे भनेर धक्कु लगाउनु हास्यास्पद रहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले सुनकाण्डमा जो सबैभन्दा भ्रष्ट छ, उसैले धक्कु लगाउन बन्द गर्नुपर्ने तर्क गर्नुभयो ।

    सुन काण्डबारे उच्चस्तरीय छानिबन गर्नुपर्ने माग गर्दै नेता थापाले धक्कु लगाएका भरमा भ्रष्टाचारविरोधी नभइने बताउनुभयो ।

    नारायणकाजीजस्तो पाखण्डी र ठूला कुरा गर्ने, स्टन्टबाजी गर्ने र नैतिकहराम मान्छे आफूले गृहप्रशासनमा अहिलेसम्म नदेखेको समेत नेता थापाको भनाइ छ ।

    यस्तै सुन बरामद प्रकरणमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिक जिम्मेवारी लिनुपर्ने समेत उहाँले बताउनुभएको छ ।


    बिहिवार, श्रावण ११ २०८०१०:३३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij