Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुन तस्करी सरकारकै संलग्नतामा भएको हो : ठाकुर गैरे

सुन तस्करी सरकारकै संलग्नतामा भएको हो : ठाकुर गैरे

  • आइतवार, श्रावण १४ २०८०

  • 471
    SHARES

  • सुन तस्करी सरकारकै संलग्नतामा भएको हो : ठाकुर गैरे

    काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले सुन तस्करी सरकारको संलग्नतामा भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै नेता गैरेले सरकारको संरक्षण, सेटिङ र उच्चपदस्थ व्यक्तिहरुको संलग्नताबिना अहिलेसम्मकै ठुलो परिमाणको सुन तस्करी संभव नभएकाले यसमा सरकारकै संरक्षण रहेको दाबी गर्नुभयो ।

    यस्तै उहाँले योजना नै भएकाले बिमानस्थलबाट बाहिर निकालेर जहाँ पुग्नुपर्ने हो त्यहाँ नपुगिक नै पक्राउ गरेर तस्करहरुलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउनुभयो ।

    यो प्रकरण मन्त्रीहरुको नैतिक र अन्तराष्ट्रिय तस्करहरुसँग मिलेमतोको प्रश्नसँग जोडिएकाले यसको गरिहराइमा पुगेर जरैदेखि अनुसन्धान गरी कारबाहीमा नजानेहो भने नेपालको सुरक्षा खतरामा पर्ने डरलाग्दो परिस्थिती भएकाले यसलाई निर्मम रुपले अनुसन्धान गर्ने र संलग्नहरुलाई कारबाही हुनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो ।

    यस्तै यो प्रकरणमा सरकारले उच्च स्तरीय छानविन समिती गठन गरेर निरुपण गरेमात्रै संसद अवरोध नगर्ने पनि नेता गैरेको भनाइ छ । नेता गैरेले सुन तस्करी काण्डमा प्रतिपक्ष चुप लागेर बस्ने, प्रश्न नगर्ने र सरकारलाई भ्रष्टचार गर्न दिने भन्ने कुनै पनि हालतमा नहुने भएकाले एमालेले संसद अवरोध गरेको र प्रश्न गरेको स्पष्ट पार्नुभयो । यदि सरकारले यो प्रकरणमा तथ्यभएर उच्चस्तरीय छानबिन समिती बनाइ निरुपण गरे संसद चल्न दिने उहाँको भनाइ छ ।


    आइतवार, श्रावण १४ २०८००८:०५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij