Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रोल्पाको परिवर्तन गाउँपालिकामा शिक्षा र स्वास्थ्यका लागि धेरै प्रोत्साहन, कृषिलाई प्राथमिकता

रोल्पाको परिवर्तन गाउँपालिकामा शिक्षा र स्वास्थ्यका लागि धेरै प्रोत्साहन, कृषिलाई प्राथमिकता

  • मंगलवार, श्रावण १६ २०८०

  • 2.0K
    SHARES

  • रोल्पाको परिवर्तन गाउँपालिकामा शिक्षा र स्वास्थ्यका लागि धेरै प्रोत्साहन, कृषिलाई प्राथमिकता

    काठमाडौं । रोल्पाको परिवर्तन गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा धेरै सुधार गरेको छ । शिक्षा र स्वास्थ्यमा सुधारका लागि धेरै राहत र उत्प्रेरणाका कार्यक्रमहरु लागू गरिएको गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरले जानकारी दिनुभयो ।

    346116327_1324244124970480_8832461765363283707_n.jpg

    नेपाली रेडियो नेटवर्कले सुरु गरेको पालिका वसहमा उहाँले विद्यालय समायोजनको अभियान चलाउदै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा दिलाउन कार्यविधि नै पारित गरेको बताउनु भयो ।

    उहाँका अनुसार परिवर्तन गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे सेवा, निःशुल्क एम्बुलेन्स सेवा र ६० बर्षदेखि माथिका वृद्ध वृद्धाको निःशुल्क स्वस्थ्य परिक्षणको व्यवस्था गरिएको छ ।

    गाउँमा स्वास्थ्य, शिक्षा र कृषिका लागि दक्ष जनशक्ति उत्पादन गर्न गाउँपालिकाका एमबीबीएस, बिएससी कृषि, पशु चिकित्सा, गणित र विज्ञान विषयमा स्नातक अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिने गरेको उहाँको भनाई छ ।

    कृषि तथा पशुपालनलाई नै गाउँपालिकाको मुख्य आधार मानेर पालिकाले कृषिमा युवालाई आकर्षित गर्न २ बर्षसम्मको लागि एकमुस्ट ब्याज लिने गरेर सापटी ऋषि दिने गरेको छ । राम्रो गर्ने युवाको ऋष अनुदानमा परिणत हुने ग रेको छ भने राम्रो नगर्न नसक्नेलाई दिइएको सापटी फिर्ता लिने गरिएको अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।

    पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले कृषि उपजहरुलाई बजारसम्म लैजानका लागि कृषकहरुलाई ढुवानीमा अनुदान दिने गरिएको बताउनु भयो । कृषकहरुलाई रसायनीक मलभन्दा प्राङ्गारिक मल प्रयोगमा प्रोत्साहन गरिएको उहाँको भनाई छ ।


    मंगलवार, श्रावण १६ २०८००८:२९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij