Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोसी प्रदेशका मुख्यमन्त्री थापाले आज साँझ शपथ ग्रहण गर्ने

कोसी प्रदेशका मुख्यमन्त्री थापाले आज साँझ शपथ ग्रहण गर्ने

  • बुधवार, श्रावण १७ २०८०

  • 522
    SHARES

  • कोसी प्रदेशका मुख्यमन्त्री थापाले आज साँझ शपथ ग्रहण गर्ने

    कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण आज साँझ ५ बजे हुने भएको छ ।

    दलहरुबीच जारी बैठक नसकिएको र मन्त्री तथा मन्त्रालयको टुंगो लगाउन समय लाग्ने भएपछि बिहान साढे १० बजेलाई तय भएको शपथग्रहण सरेको हो ।

    मुख्यमन्त्री थापाले दलहरु आपसी छलफलमा रहेकोले पूर्वनिर्धारित समय फेरबदल भएको बताउनुभयो । मन्त्रीहरुको कार्यविभाजनसहित आजै टुंगो लागेपछि मात्रै शपथ हुने बताइएको छ ।

    थापा गठबन्धन सम्बद्ध चार दलको समर्थनमा हिजो मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।


    बुधवार, श्रावण १७ २०८०१०:५८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij