Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणमा सरकारले गरेको छानबिन निष्पक्ष हुँदैन : डा. राजन भट्टराई

सुन प्रकरणमा सरकारले गरेको छानबिन निष्पक्ष हुँदैन : डा. राजन भट्टराई

‘जबसम्म उच्च स्तरीय छानविन समिति गठन हुँदैन तबसम्म संसद अवरोध जारी रहन्छ’
  • शुक्रवार, श्रावण १९ २०८०

  • 600
    SHARES

  • सुन प्रकरणमा सरकारले गरेको छानबिन निष्पक्ष हुँदैन : डा. राजन भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता डा. राजन भट्टराईले सुन प्रकरणमा सरकारले गरेको छानबिन निष्पक्ष नहुने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले राजश्व अनुसन्धान विभाग नै प्रधानमन्त्रीको नेतृत्वमा चल्ने र यो प्रकरणमा प्रधानमन्त्रीसहित उहाँको निजी मान्छे र परिवार समेत जोडिएको कुरा आइरहेकाले यो अनुसन्धानमा निष्पक्षता नहुने दाबी गर्नुभयो । सुन प्रकरणमा प्रधानमन्त्रीको परिवार समेत जोडिएको नेता भट्टराईको भनाइ छ ।

    माओवादी नेता तथा पूर्वसभामुख कृष्ण बहादुर महराका बाबुछोरालाई उन्मुक्ति दिने सरकारबाट भ्रष्टाचार र तस्करी नियन्त्रण नहुने र अन्तराष्ट्रिय जगतले नेपालको सिमानामा हेर्ने नजर परिवर्तन ल्याउन नसकिने नेता भट्टराईले बताउनुभयो ।

    क्विन्टल सुन तस्करले अन्तराष्ट्रिय जगतमा नेपालमा भ्रष्टचार र तस्कर सजिलै गर्न सकिन्छ भन्ने नकारात्मक सन्देश दिएको पनि नेता भट्टराईको भनाइ छ ।

    सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति गठनको माग राख्दै नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ । जबसम्म उच्च स्तरीय छानविन समिति गठन गर्न सरकार तयार हुँदैन तबसम्म अवरोध जारी रहने एमालेले चेतावनी दिएको छ । समिति गठनको मागबाट आफूहरु पछि नहट्ने पनि नेता भट्टराईले बताउनुभयो ।


    शुक्रवार, श्रावण १९ २०८००८:०५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij