Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केन्द्रीय समितिको जारी बैठकमा पार्टीको नेतृत्व परिवर्तनको कुरा उठेको छैन : डिलाराम आचार्य

केन्द्रीय समितिको जारी बैठकमा पार्टीको नेतृत्व परिवर्तनको कुरा उठेको छैन : डिलाराम आचार्य

  • शुक्रवार, श्रावण १९ २०८०

  • 409
    SHARES

  • केन्द्रीय समितिको जारी बैठकमा पार्टीको नेतृत्व परिवर्तनको कुरा उठेको छैन : डिलाराम आचार्य

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले केन्द्रीय समितिको जारी बैठकमा पार्टीको नेतृत्व परिवर्तनको कुरा नउठेको दाबी गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता आचार्यले पार्टीको बैठकमा भित्र जे भइरहेको छ बाहिर त्योभन्दा बेग्लै किसिमको प्रचार भइरहेको बताउनुभया ।

    नेता आचार्यले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको र सरकारका कामकारबाहीले समाजमा सकारात्मक प्रभाव परेको पनि बताउनुभयो ।

    पार्टीलाई चुस्त दुरुस्त बनाउनुपर्छ भन्ने अधिकांश केन्द्रीय सदस्यको धारणा रहेको पनि उहाँले सुनाउनुभयो । गत महाविधेशनको वैधानिक नपुगेर विशेष महाधिवेशनमा जान नलागेको पनि उनले स्पष्ट पार्नुभयो ।

    आठौं महाधिवेशनको दस्तावेज अनुसारको राजनीतिक प्रशिक्षणमा किन जान सकेनौं भन्ने प्रश्न उठेको जानकारी पनि दिनुभयो ।

    केन्द्रीय समिति बैठक आज पनि जारी छ । प्रज्ञा भवनमा अस्ती बुधबारदेखि सुरू भएको बैठक आज तेस्रो दिन पनि जारी रहेको हो । अस्ती र हिजो बिहीबार झन्डै चार दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् । बाँकीले आफ्नो भनाइ राख्ने क्रम जारी रहेको छ । अधिकांश नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना, पार्टी सुदृढीकरण, चुस्तता, रुपान्तरणमा जोड दिएका छन् ।

    बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

    मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।


    शुक्रवार, श्रावण १९ २०८०१२:३०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij