Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राजनीति नेतृत्वसमेत मुछिएको सुन प्रकरणमा सरकारमातहतका निकायबाट अनुसन्धान संभव छैन : प्रदीप ज्ञवाली

राजनीति नेतृत्वसमेत मुछिएको सुन प्रकरणमा सरकारमातहतका निकायबाट अनुसन्धान संभव छैन : प्रदीप ज्ञवाली

  • शनिवार, श्रावण २० २०८०

  • 447
    SHARES

  • राजनीति नेतृत्वसमेत मुछिएको सुन प्रकरणमा सरकारमातहतका निकायबाट अनुसन्धान संभव छैन : प्रदीप ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका नेता उपमहासचिव प्रदीप ज्ञवालीले सुन प्रकरणको अनुसन्धानमा उच्च स्तरीय छानविन समिति गठन हुनै पर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका ज्ञवालीले राजनीति नेतृत्वसमेत मुछिएको र पटकपटक दोहोरिएको परिपेक्षमा केवल प्रसाशनिकतह सरकारमातहतका निकायबाट अनुसन्धान संभव नहुने स्पष्ट पार्नुभयो ।

    सरकारकै मातहतमा हुने भएकाले राजश्व अनुसन्धान विभाग र सिआइबीले गरेको अनुसन्धान पनि प्रभावित हुने स्पष्ट भएकाले उच्च स्तरीय छानविन समीति बनाउनैपर्ने अडानमा आफूहरु यथावत नै रहेको उपमहासचिव ज्ञवालीले दोहो¥याउनुभयो । उच्च स्तरीय राजनीतिक संरक्षणबिना यति ठुलो तस्कर कुनै पनि हालतमा नहुने भएकाले सुन प्रकरणमा राजनीतिक संलग्नता रहेको देखिएको प्रष्ट हुने ज्ञवालीको आरोप रहेको छ ।

    सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति गठनको माग राख्दै नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ । जबसम्म उच्च स्तरीय छानविन समिति गठन गर्न सरकार तयार हुँदैन तबसम्म अवरोध जारी रहने एमालेले चेतावनी दिएको छ ।

    हिजो आफ्नो पार्टी एमाले सरकारमा हुँदा जडान गरिएका गृह र अथ मन्त्रालयले नै प्रत्यक्ष निगरानी गर्न सकिने अध्यागमन र भन्सारमा खडा गरिएका डिभाइसहरु र मन्त्रीहरुकै कार्यकक्षबाट हेर्न सकिने सिसीटिभीका कनेक्सनहरु टुटाइएकाले पनि प्रश्न गर्ने र शका गर्ने थुप्रै कारण भएको ज्ञवालीली तर्क गर्नुभयो ।

    माओवादी नेता तथा पूर्वसभामुख कृष्ण बहादुर महराका बाबुछोरालाई उन्मुक्ति दिने सरकारबाट भ्रष्टाचार र तस्करी नियन्त्रण नहुने छर्लङगै भएको उहाँले बताउनुभयो । यस्तै कारण पनि आफूहरु उच्च स्तरीय छानविन समितिको मागमा रहेको र यथावत रहने पनि उहाँले बताउनुभयो ।


    शनिवार, श्रावण २० २०८००७:३०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij